स्याङ्जाका नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं | माघ ९, २०७९

स्याङ्जाका नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे,लेखापाल राजेन्द्र रेग्मी,आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौंका प्रतिनिधि शिवप्रसाद न्यौपानेलगायत ६ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।


अदुवाको बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख अधिकारीले १३ लाख रुपैयाँ नगरपालिकालाई हानी पुर्‍याएको देखिएको अख्तियारको ठहर छ। अधिकारीसँग १३ लाख रुपैयाँ बिगो माग गरिएको छ।


यसैगरी, तत्कालीन नगर प्रमुख अधिकारी,प्रमुख प्रशासनिक अधिकृत पाण्डे,तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी,लेखापाल रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेसनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी १ करोड ९७ लाख ७० हजार ४९९ रकम हिनामिना गरेको पाइएको अख्तियारले  जनाएको छ। यिनीहरुविरुद्ध सोही रकम बराबरको बिगो दावी गरिएको छ।


अख्तियारका अनुसार अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त अधिकारी शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिइ २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ हिनामिना गरेको पाइएको छ।


प्रवक्ता भण्डारीका अनुसार आपूर्तिकर्ता स्पुक प्रालि र अख्तियार प्राप्त न्यौपानेलाई  ऐनको दफा ८को उपदफा ९४० बमोजिम सजाय माग गरी  २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगोसमेत जफत गर्न माग दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्